सुपरओभरमा पुगेको खेलमा नेपाल ओमानसँग पराजित

0

काठमाडौं :  विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित बनेको छ।

सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो।

ओमानले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो। 

सुपरओभरमा ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले जम्मा १० रन बनायो। 

यद्यपी नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भने भइसकेको छ।  आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत  सेमिफाइनलमा शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो। अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी २० विश्वकप खेल्नेछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here