कीर्तिपुर मैदानमा नेपाली ब्याट्सम्यानको चौका र छक्का वर्षा, कसले कति हाने?

0

काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। नेपालले ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो। ओमानविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले पन्ध्र चौका र ११ छक्का हानेका छन्।

ओपनर कुशल भुर्तेलले तीन चौका र दुई छक्काको मद्दतले ३१ रन बनाए। यस्तै, आशिफ शेखले एक छक्का, सन्दीप जोराले एक चौका, कप्तान रोहित पौडेलले पाँच चौका र दुई छक्काले ५२, गुलशन झाले पाँच चौका र चार छक्काले ५४, करण केसीले एक चौका र दुई छक्काको मद्धतले २० रन बनाए।

नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ। समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।

नेपाल र ‌ओमानबीच ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ। नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो।

२०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो। त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here