कोरियन नागरिक साङलाई धर्म सम्बन्धि कसुर मुद्दामा सफाइ

0

पोखरा । २०७६ साउन ७ गते मंगलबार कास्की प्रहरीले पोखरा नगरपालिका लेकसाइड आसपासमा बाइबल तथा ख्रीष्टियन धर्मका पर्चा पम्प्लेट बोकेको आधारमा पक्राउ पर्नुभएका कोरियाली नागरिक चो यू साङलाई हिजो विहिवार माघ २३ गते कास्की जिल्ला अदालतले सफाइ दिएको छ । नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले नेपालमा विभिन्न व्यापार व्यवसाय गरी बसीरहेका, पर्यटक भिसामा घुम्न आएका विदेशी नागरिकलाई बाइबल बोकेका कारण नै पक्राउ गर्नु निन्दनीय भएको र ढिलै भए पनि सो मुद्धामा सफाइ दिएकोमा अदालतलाई धन्यवाद दिनुभएको हो । उहाँले राज्यले नेपाली ख्रीष्टियन समुदायलाई पनि आस्थाका कारण अनाहकमा धर्मप्रचारको आरोपमा धरपकड गर्ने काम रोकी देशमा धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सहयोग गर्न सबै सम्बन्धित निकाय तथा पक्षलाई अपिल गर्नुका साथै नेपाल सरकारले भ्रमण वर्ष २०२० सफल बनाउन आन्तरिक तथा बाह्य पर्यटक २० लाख भित्रयाउने तयारी गर्दै गर्दा यस्तो अवस्थामा विदेशी नागरिकहरूलाई आस्थाका कारण धमाधम पक्राउ गर्नुले अन्तरराष्ट्रिय मानव अधिकारको हनन् भएको र सम्रग नेपाली जनताको शिर अन्तररािष्ट्रय जगतमा झुकेको बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here