इसाई धर्मालम्बीहरुको माग समेटिएको ज्ञापनपत्र मुख्य मन्त्रीलाई

0

हेटौंडा।  हेटौंडा उपमहानगर पालिक दक्षिण भेग पाष्टर एकता जागृति अभियानले अयोजना गरेको ख्रीष्टमस सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ l

एकता जागृति अभियानले ख्रिष्ट जन्मोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो l ३ न. प्रदेशको मुख्य मन्त्रि डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अभियान को अध्यक्ष पा. मदन लाल थिङको सभाअध्यक्षमा सम्पन्न भएको थियो l

सोहि कार्यक्रममा प्रमुख अतिथि ३ न. प्रदेशका मुख्य मन्त्री पौडेलले शुभकामना दिने क्रममा ” सबै धर्म समान भएको र हरेक धर्मले शान्ति र सद्भाव कायम गर्न प्रेरित गर्छ, मुख्य मन्त्रीको भनाइ थियो । कार्यक्रममा विभिन्न संगीत झुण्डहरुले क्यारल गित तथा नृत्य प्रस्तुत गरिएको थियो l

कार्यक्रममा मकवानपुर हेटौडाका दक्षिण भेगमा रहेको मण्डलीहरु व्यापक सहभागिता रहेको थियो l सम्पन्न कार्यक्रममा ख्रिष्टियन समुदायको हकहित, धार्मिक समानता ख्रिष्टियनहरुको महान चाड बडादिन ख्रिष्टमसका दिन सार्वजनिक विदा घोषणा हुनुपर्ने, मृत्यू संस्कार तथा समाधि स्थालको उचित व्यवस्थापन हुनुपर्ने लगायतका मागहरु समेटिएको ज्ञापनपत्र मुख्य मन्त्री पौडेललाई बुझाइएको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here