पत्रकार सुमित नेपाली ख्रीष्टियन मिडिया सोसाइटीको अध्यक्षमा निर्वाचित

0

काठमाडौ । ख्रीष्टियन मिडिया सोसाइटी (सिएमएस) को अध्यक्षमा सुमित नेपाली निर्वाचित हुनुभएको छ ।

सोसाइटीका संस्थापक सदस्य दिनेश श्रेष्ठको संयोजकत्वमा आइतवार बसेको उपत्यकाब्यापी ख्रीष्टियन पत्रकारहरुको भेलाले पत्रकार केशब लुइँटेल संस्थापक अध्यक्ष रहेको ख्रीष्टियन मिडिया सोसाइटीको अघिल्लो कार्य समितिलाई विघटन गर्दै पत्रकार नेपालीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

सिएमएसको अन्य पदाधिकारीहरुमा विश्वास थापा उपाध्यक्ष, कुमार सुनाम अब्राहम सहसचिव र विजय लुङ्गेली कोषाध्यक्ष पदमा मनोनित भएका छन भने सदस्यहरुमा हरि जिज्ञासु, सञ्जय बर्मा, पुनम पाँचकोटी र सुनिलराज लामा रहेका छन् ।

गुड न्यूज मिडियाका सञ्चालक तथा सम्पादक समेत रहेका अध्यक्ष नेपालीले देशभरिका ख्रीष्टियन पत्रकारहरुलाई एकिकृत गराउदै ख्रीष्टियनको नाममा विकृति फैलाउने समुह तथा व्यक्त्तिहरुको प्रतिवाद गर्नुका साथै ख्रीष्टियन समुदायको हक र अधिकारको लागि सकिय रुपमा आवाज उठाउने प्रतिवद्धता जाहेर गरे ।

सोसाइटीका संस्थापक दिनेश श्रेष्ठले विगतका कमिकमजोरीहरुलाई महशुस गर्दै निर्वाचित समितिले नयाँ रणनीतिका साथ एकताबद्ध भई आगामि दिनहरुमा वैधानिक रुपले एकिकृत र सांगठनिक रुपमा सक्रिय भएर अघि बढ्न सल्लाह र सुझाव दिए । सिएमएसको अध्यक्ष पदको लागि निर्वाचन गरिएको यो पहिलो अभ्यास हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here