एनसीएफ नेपालले अधिवेशन मार्फत नयाँ नेतृत्व छान्दै

0

चितवन, २३ चैत्र २०७८ । चितवनको होटल स्टारमा चलिरहेको नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) को ६२औं वार्षिक साधारण सभा तथा अधिवेसको दोस्रो दिन आज नेतृत्व चयनको लागि कडा प्रतिस्पर्धा भइरहेको हाम्रो आशिषलाई सुचना प्राप्त भएको छ l विश्वस्त स्रोतका अनुसार सहमतिको लागि भएको दिनभरको कसरत संगै यो समाचार तयार पार्दा सम्म दिदीबहिनी तथा युवा कमिटीले प्रदेश स्तरीय प्रतिनिधि मार्फत केन्द्रिय विभाग नेतृत्व सहमतिमा चयन गर्ने र सो हुन नसके आज राति नै चुनावी प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व चयन गर्ने जनाएका छन् l

त्यस्तै गरि केन्द्रीय नेतृत्वको पनि भोली सकेसम्म सहमतिमै प्रस्ताव ल्याउने र सो अनुकुल हुन नसके चुनावी प्रतिस्पर्धा हुने स्रोतले जनाएको छ l अधिवेसन गत मंगलबारबाट शुरु भएर भोली विहिबार (२४ चैत्र ) नयाँ नेतृत्व चयन सहित समापन गरिने कार्यक्रम रहेको छ ।

देशभरका एघार सय वढि प्रतिनिधिहरु सहभागी भएको कार्यक्रममा एनसीएस नेपाल र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पदाधीकारीहरु एक साथ एकै मंचमा भेला भएको उक्त साधारण सभा नेपाली इसाई समुदायले विशेष महत्वका साथ् हेरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here