चितवन, २२ चैत्र २०७८ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) को ६२औं वार्षिक साधारण सभा तथा अधिवेसन आज चितवनको होटल स्टारमा केहिवेरमा सुरू हुँदैछ ।
नेपाली इसाई समुदायको पहिलो छाता संगतिकोरुपमा स्थापित एनसीएफ (नेसनल चर्चेज फेलोसिप अफ नेपाल) नेपालका सचिव पास्टर वीर बहादुर तामाङका अनुसार सम्पूर्ण तयारी भई सकेको जानकारी गराउनु भयो ।
६२औं साधारण सभामा देशभरका प्रतिनिधिहरु सभास्थलमा हिजो सोमबारबाट नै आउनेक्रम जारि छ ।
एनसीएफ नेपालको ६२औं अधिवेसन तथा साधारण सभाले सहमतिमै नयाँ कार्य समिति चयन गर्ने प्रयास भईरहेको विश्वस्त स्रोतले जनाएको छ । यो सभाले नयाँ कार्य समिति पनि चयन गर्ने भएकोले यो अधिवेसनलाई देशभरका चर्चले विशेष् चासोको साथ हेरेका छन् ।
अधिवेसन आज मंगलबारबाट शुरु भएर पर्सि विहिबार (२२–२४ चैत्र ) सम्म संचालन हुनेछ ।