मन्त्री बनेको ३ दिनमै उद्योग मन्त्री हमालले दिए राजीनामा

0

काठमाडौँ । विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन्। २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन्। हमालले त्यत्तिकै विवादमा किन पर्ने भनेर राजीनामा दिने पक्षमा पुगेको बताए ।

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here