थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण

0

काठमाडौं– नेपालमा थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभर गरिएको परीक्षणका क्रममा थप ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी १७ हजार १४७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। आरटी–पीसीआर विधिबाट गरिएको नमूना परीक्षणका क्रममा ५ हजार २८५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८०० जनामा संक्रमण पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here