काठमाडौंको निषेधाज्ञा १० दिन थपियो, तर खुकुलो बनाइयो यी क्षेत्र [निर्णयसहित]

0

कोभिड-१९ संक्रमण रोकथाका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ। बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ। काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ। यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो।

साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here