नेपालका वरिष्‍ठ पास्टर रोबर्ट कार्थकले ९६ वर्षको उमेरमा प्रभुमा विश्राम लिनुभएको छ

0

नेपालको ख्रीष्‍टियन मण्डलीका प्रभुका अभिषिक्त र ख्रीष्‍टको सेवाको निम्ति समर्पित जन आदरणीय पास्टर रोबर्ट कार्थक ९६ वर्षको उमेरमा प्रभुमा विश्राम लिनुभएको छ।

नेपाली ख्रीष्टियन इतिहासमा आफ्नो सम्पूर्ण जीवन सेवाको निम्ति समर्पण गरेर, ख्रीष्‍टको अनुकरणिय जिवन जिउदै नेपाली ईशाई मण्डली ज्ञानेश्वर चर्चमा पास्टर रोवर्ट कार्थक  सेवारत  हुनुहुन्थ्यो। उहाँको सेवा क्षेत्र काठमाडौं ज्ञानेश्वर चर्चमा भए पनि उहाँले नेपालका विभिन्न स्थानहरू, साथै विदेशी भूमिमा समेत ख्रीष्‍टको मण्डली स्थापना गर्नमा पुर्‍याउनु भएको ठूलो योगदानलाई नेापाली चर्चहरूले कहिल्यै विर्सने सक्ने छैनन्।  नेपालका मण्डलीहरूलाई एउटा नमूनाको जीवन जिउन प्रेरणा दिएर प्रभुमा विश्राम लिनुभएको छ।

पास्टर रोवर्ट कार्थकको जन्म सन् १९२६, जनवरी १० का दिन भारतको कालिम्पोङ भन्ने ठाउँमा भएको थियो भने उहाँले झण्डै ६५ वर्ष नेपालमा प्रभुको मण्डलीको सेवामा जीवन विताउनुभयो ।

उहाँले आफ्नो व्यक्तिगत जीवनमा प्रभु येशू ख्रीष्‍टलाई सन्  १९४६ मा आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएको थियो। पास्टर डेभिड मुखियाबाट पानीको बप्तिस्मा लिनुभएका पास्टर कार्थकले सन् १९५६ मा परमेश्वरको बोलावट पाएर नेपालमा आउनुभएको थियो । अनि नेपालमा काठमाडौंमा संगतिको सुरूवात  शुरू गर्नुभएको थियो। सन्  १९५७ मा डिल्लीबजार सङ्गतिको सुरु भएको थियो, जसलाई अहिले ज्ञानेश्वर चर्च भनेर चिनिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here