काठमाडौं । नियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन् ।
राष्ट्रपति भण्डारीले नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका थिए । यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री भएका छन्। नैनकला थापा सञ्चार मन्त्री भएकी छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना, कृषि विकास राज्यमन्त्री ज्वाला शाह, आशा विक वन राज्यमन्त्रीले सपथ लिएका हुन् ।






