२ ओभरमै नेपालले बहराइनलाई हरायो

0

काठमाडौं : आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ। आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ।

मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा नेपालले २.५ ओभरमा बहराइनले दिएको ३२ रनको लक्ष्य भेट्टाएको हो।

नेपालका ओपनर कविता कुँवरले १७ रन र सीता रानामगरले २ रन नटआउट रहे। १३ रन एक्ट्रा रन नेपालले प्राप्त गर्‍यो।  बहराइनले agoradesign.it टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो। 

नेपालका बलरका सामु बहराइनका ब्याटिङ चल्न सकेन। बहराइनकी कप्तान दीपिका रसङ्गीकाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बहराइनलाई सस्तैमा समेट्न इन्दु वर्माले तीन विकेट, खुशी डंगोलले दुई विकेट, कविता कुँवर, पुजा महतो, रविना छेत्री बेलवासीले समान एक रएक विकेट लिएका थिए।

पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जित हात पारेको हो।

११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here