इन्धनको भाउ घटेसँगै व्यवसायीको माग : स्वचालित प्रणालीबाट भाडा समायोजन गरौं

0

१७ असार, काठमाडौं । इन्धनको भाउ घटेसँगै यातायात व्यवसायीले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरेका छन् । यसअघि इन्धनको मूल्य बढ्दा सरकारले भाडा बढाएको थियो ।

मंगलबार नेपाल आयल निगमले पेट्रोल, डिजेलसहितमा मूल्य उच्च दरले घटाएको छ । यसबारे सरकारभन्दा एक कदम अगाडि बढ्दै स्वयम् व्यवसायीले भाडा घटाउन तर स्वचालित प्रणालीअनुसार गर्न माग गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरे ।

‘विगतमा हामीले घाटा खाँदै यातायात चलाउँदा पनि सरकारले बेलैमा निर्णय नगर्दा हामी नै बदनाम हुँदै आएका छौं,’ उनले भने, ‘तर हामी इमान्दारीपूर्वक भन्छौं, स्वचालित प्रणाली अनुसार तत्काल भाडा समायोजन गरियोस् ।’

इन्धनको मूल्य बढ्दा भाडा बढाउने र मूल्य घट्दा समयमै समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना हुने गरेको उनले बताए ।

उनले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यसँगै सवारी साधन खर्च, मर्मत सम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पाट्र्सको मूल्य, बैंकिङ लागत तथा सामग्र आर्थिक सूचकलाई समेत आधार बनाउन उनले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here