एकैदिन ७,९८९ कोरोना संक्रमित निको भए, २४६ जनाको मृत्यु

0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७,९८९ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको छ।

यो महामारी सुरु भएयताको सबै भन्दा धेरै संक्रमण हो। यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ। यस्तै, सोही अवधिमा ८,०६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार ९ सय ८८ जना, भक्तपुरमा २ सय २८ जना र ललितपुरमा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here