कोरोनाबाट एकैदिन ३३ जनाको मृत्यु, ५७५७ संक्रमित

0

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ५ हजार ७ सय ५७ जना कोरोना संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ। कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here