पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए

0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो संख्या दैनिक पुष्टि हुनेमा नेपालमा कोरोनाभाइरस महामारीयताकै सबैभन्दा धेरै हो।

एन्टीजन र पीसीआर विधिबाट गरी १६,७०० भन्दा केही बढी परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसभन्दा पहिले गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो सँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४८ हजार बढी पुगेको छ। सक्रिय संक्रमित मध्ये हाल ३,५३० जना मात्र अस्पतालमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप २७ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको विवरण आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here