काठमाडौं । नेपालमा आज एकैदिन २५ सय बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ५९ कोरोना संक्रमित थपिएका हुन। थप ५ जनाको मृत्यु भएको छ।
कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ। यस्तै ४ सय १० जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १४ हजार सात सय २४ पुगेको छ।