एनकेआइसीको १४ औं दिक्षान्त समारोह सम्पन्न

0

ललितपुर । नेपाल कोरिया इन्टरनेशनल कलेज (एनकेआइसी) को १४ औं दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ ।

चैत २३ गते सोमबार एनकेआइसी कलेजको सभाहलमा सम्पन्न भएको दीक्षान्त समारोहमा बोल्दै नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) नेपालका अध्यक्ष तथा आराधना चर्चका वरिष्ठ पास्टर रेभ. हनोक तामाङले एनकेआइसी कलेजलाई सबै क्षेत्रमा उत्कृष्ट तथा गुणस्तरिय शैक्षिक प्रतिस्पर्धा गर्ने नमूना कलेज बनाउनुुपर्ने बताए ।

उनले भविष्यमा कलेजले विश्वपरिवेशअनुसारको प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गरी आफूलाई ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा स्तरोन्नति गर्नुपर्ने भनाइ राखे । उनले कलेजले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी तथा विश्वबजारमा प्रतिस्पर्धी बनाउने खालका रहेको उल्लेख गर्दै भने, “विद्यार्थीले रुचाएका विषय सञ्चालन गर्ने, राष्ट्रिय आवश्यकता र समाजका प्राथमिकताअनुरुपका विषय सञ्चालन गर्ने लगायतका विषय तथा विधागत विधिकरण कार्य कलेजका समयसापेक्ष रहेका छन् ।”
दीक्षान्त समारोहमा १७ जना विद्यार्थी दिक्षित भएका थिए ।

सो समारोहमा गुड न्युज पब्लिसरका पा. गोपालजी अधिकारीको बाहुलीबाट उत्कृष्ट शैक्षिक पुरस्कार प्रतिभा राई, अनुशासनतर्फ याङल्हामु शेर्पा र सुशान्त नेपाली, मिसनमा उत्कृष्ट सुस्मिता चौँलागाईं, सेवामा रिता चौधरी, नेतृत्वमा भक्ति योङ्हाङ र मनिषा तामाङ र पूरै बाइबल स्मरण र लेखनमा उत्कृष्ट पुजा सुनुवारसमेतलाई वर्षको उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा रेभ. गोपालजी अधिकारी, नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल र आइटिन नेपालका कार्यकारी निर्देशक टंक सुवेदीलगायत विद्यार्थीका अभिभावक तथा पाष्टरअगुवाहरूको उपस्थिति रहेको थियो ।

कलेजमा विद्यार्थीहरूलाई तीन वर्षसम्म आवासीय सुबिधा उपलब्ध गराउँदै व्यवहारिक धर्मशास्त्रीय शिक्षासाथै त्रिभुवन विश्वविद्यालयको स्नातक अध्ययन गराइने कुरा एनकेआइसी कलेजका प्रिन्सिपल डा. बि. पी. खनालले जानकारी दिए ।
समारोहको अध्यक्षता कलेजका प्रिन्सिपल डा. वि.पी. खनालले गरेका थिए भने संचालन कलेजका शिक्षक रामेश्वर यादवले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here