बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० गायत्री नगरमा अवस्थित नयाँ बस्ती ख्रीष्टिय चर्च डोजर चलाए पछी स्थानीय निकायको यस्तो खाले गतिविधिको बिरोध गर्दै जिल्ला इसाई समाज र नेपालगञ्ज उपमहानगरपालिका इसाई समाजले जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
भत्काइएको चर्चको भवन नेपाल सरकारले नै व्यवस्थित ठाउँ खोजेर पुनःस्थापना गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।