धरान इसाई पाष्टर अगुवा संघले रेभ.जीवन दिप सुब्बाकाे नेतृत्वमा १३ सदस्य कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै अधिवेशन सम्पन्न गरेकाे छ।
पुनर्गठित समितिकाे अध्यक्षमा रेभ.सुब्बा सहित उपाध्यक्षमा पा.कर्ण राई, सचिब पा. शेर बहादुर गुरुङ, सहसचिब पा. आर. बि. घिसिङ,काेषाध्यक्ष पा.डण्डी केशर थुलुङ र सदस्यमा क्रमशः पा.गजेन्द्र लम्जेल, पा.शिमाेन राई, स.पा.बिन्देश्वर चाैधरी, पा.महेन्द्र राई, पा.एलिशा सुब्बा, स.पा.धन ब.तामाङ, पा.बिक्रम गजमेर र पा.मनि राई रहेका छन।

धरान उपमहानगरपालिका अन्तर्गत ७० भन्दा बढी मण्डलीका पाष्टरहरुकाे साझा थलाेकाे रुपमा रहेकाे संघले घुम्ती पाष्टर संगति, झुट्ठा शिक्षा बिरुद्धकाे सेमिनार र आत्मिक सम्मेलन गर्दै पाष्टर तथा अगुवाहरुबिच सेवा पुर्याउदै आएकाे निबर्तमान सचिब पा.जगत थुलुङले बताउनुभयाे।
उक्त अधिवेशनकाे वक्ता पाष्टर पर्शु गुरुङले एकतामा शक्ति रहेकाे र एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउदै एक पाष्टरले अर्काे पाष्टरलाई सहयाेग,सान्तवना र हाैसला प्रदान गर्नुपर्ने बताउनुभयाे। त्यसैगरी निबर्तमान अध्यक्ष पा.मनि कुमार राईले आफ्नाे कार्यकालमा प्रार्थना, सहयाेग र सल्लाह प्रदान गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे।
पा.शेर बहादुर गुरुङले सञ्चालन गर्नुभएको साे अधिवेशन धरान-१५स्थित इम्मानुएल कृपा मण्डलीकाे सभाहलमा भएको थियाे।