नेपाल मदिनी मस्जिदमा भएको घटनाले धार्मिक द्वन्द सिर्जना गराउने दुस्प्रयासः जनजागरण पार्टी

0
20

बिगत सत्तरी वर्षभन्दा पहिलेदेखि नेपाली मुस्लिम समुदायको प्रयोजनमा रहेको काठमाण्डौँ सुन्धरास्थित नेपाल मदिनी मस्जिदमा शनिवार गरिएको एक्कासी तोडफोड र जग्गामाथिको अतिक्रमण निन्दनिय भएको जनजागरण पार्टीले बताएको छ ।

सो घटनाले अल्पसंख्यक समुदायप्रतिको उपेक्षा र धार्मिक द्वन्द सिर्जना गराउने दुस्प्रयाससमेत प्रष्ट भएको भन्दै जनजागरण पार्टी नेपालले विज्ञप्तिमार्फत घटनाको भर्तसना गर्दै सरकारको ध्यानाकषर्ण गराएको हो ।

“राज्यशक्तिको आड र पहुँचका भरमा काठमाण्डौंको सुन्धारास्थित मुसाफिर स्थलका रूपमा प्रयोग हुँदै आएको जग्गा र भवनका बारेमा दामो समयदेखि मुद्दा चल्दै आएको भए तापनि धार्मिक आस्थासित जोडिएको विषयमा स्थानीय सरकारले असंवेदनशीलता प्रदर्शन गरेको छ । आर्थिक, साँस्कृतिक एवं ऐतिहासिक महत्वसित जोडिएका जग्गाजमिनहरू धमाधम ठूला व्यापारिक घराना तथा भूमाफियाहरूको गिद्दे नजरमा पर्दैछन्, र त्यस्ता ठाउँका धार्मिक–साँस्कृतिक धरोहरहरू कसरी पहुँचवाला मानिसहरूका निसानामा पर्दैछन् भन्ने पछिल्लो उदाहरण यो हो । त्यसर्थ जनजागरण पार्टी नेपाल पीडित पक्षसँग ऐक्यबद्धता जाहेर गर्दछ,” सो विज्ञप्तिमा भनिएको छ ।

जनजागरणले आक्रमणमा परेको स्थानको सम्बन्धमा नक्कली वैधानिकता खडा गरी अल्पसंख्यक धार्मिक समुदायका विरुद्धमा चालिएको उक्त कदम तत्काल रोकेर स्वतन्त्र न्यायिक छानबिन गरी दोषीउपर सख्त कार्वाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति दिलाउने काम समेत तत्काल गर्न नेपाल सरकारसमक्ष अपील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here