अष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान

0

३ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलियन लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनले नेपाल क्रिकेट संघ(क्यान)को अनुमति लिएर फेब्रुअरीसम्मको लागि अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियाको दुई वटा लिग खेल्ने क्यानले बताएको छ ।उनले राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला आइपरे पनि नेपाल फर्कने गरी अष्ट्रेलिया गएका हुन् । ‘उनी पलायन भएका होइनन्, उनी अष्ट्रेलियन लिग खेल्नका लागि क्यानसँगको सहमतीमा नै अष्ट्रेलिया गएका हुन्,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई भने ।

राष्ट्रिय टिमका खेलाडीहरुले सि यू सुन इन अष्ट्रेलिया (हामी छिट्टै अष्ट्रेलियामा भेट्ने छौं) भन्ने पोष्टहरु भने राष्ट्रिय टिम पनि अभ्यासका लागि अष्ट्रेलिया जाने तयारी भएका कारण आएको पाठकले स्पष्ट पारेका छन् ।

पछिल्लो समय फुटबलमा भएको खेलाडी पलायनका कारण सबैले क्रिकेट खेलाडीमा पनि सुरु भएको आँकलनलाई पाठकले स्पष्ट पार्दै भने, ‘उहाँ पलायन हुनु भएको होइन । हाल राष्ट्रिय टिममा नभएका कारण लिग खेल्न जाने अनुमति हामीले दिएका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here