मानार्थ विद्यावारिधिबाट रेभ. पा. चेत खरेल सम्मानीत

0

६ असोज २०७६, ललितपुर । वि.नि.प्र.प सेवकाई नेपालका संस्थापक अध्यक्ष रेभ. पा. चेत बहादुर खरेल मानार्थ विद्यावारिधिबाट सम्मानीत भएका छन् ।
हिजो जिजस कलेजमा आयोजित एक कार्यक्रमका विच खरेललाई डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रिको डिग्री प्रदान गरिएको थियो । विभिन्न राष्ट्रका सहभागि हुन आएका अमेरिका वसोवास गर्ने जिसस कलेजका संस्थापक अध्यक्ष डा. लोकमणी भण्डारी (लुक), विशप डा. फ्रेडी परहन अमेरिका, विशप डा. आशिष मेस्सी, इन्डियाको संयुक्त विशपहरूको सभाले खरेललाई संयुक्तरूपमा मानार्थ विद्यावारिधीको उपाधी दिएका हुन् ।

कलेजका व्यस्थापकीय निर्देशक पाष्टर रवि अधिकारीका अनुसार खरेलले डिग्रीको पढाई पुरा गरेवापत नभई नेपालमा चंगाईको सेवकाईमा आफुले प्रभुबाट पाएको वरदानलाई प्रयोग गरी चंगाईको सेवामा योगदान पु¥याएवापत उनलाई सो मानार्थ डिग्री प्रदान गरिएको बताए ।
जिसस कलेज (के.आइ.यु.) एसिया थियोलोजिकल एसोसियसन (आटा) र एसियन फुलर थियोलोजिकल सेमिनारीमा आवद्ध सदस्य हो ।

को हुन् रेभ. पा. चेत बहादुर खरेल ?

गोरखा पालुङटार–९, ठाँटीपोखरीका चेत बहादुर खरेल आमाको गर्भबाट जन्मिएको ९ वर्षसम्म त उनले ओछयानमै दिन अनि रात विताए । ९ वर्षदेखि चार खुट्टे जनावर जसरी उनले चार हात, खुट्टाले टेक्दै घिस्रिदैँ हिँडने गर्थे उनै खरेल । आफनो गाउँको नजीकै सरकारी स्कुल श्री भवानी उच्च मा.वि.मा कक्षा ८ सम्म पढेका उनको विगतका दिन निकै कष्टपूर्ण र चुनौतिपुर्ण रहेको थियो । तर असम्भवका विचमा सम्भव बनेको उनको अहिलेको नयाँ जीवनले प्रभुबाट पाएको वरदानलाई प्रयोग गरी देश विदेशमा समेत गई उनले निरन्तर चंगाईको सेवा गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here