तुइनखोला पहिरो हटाउन भोलिसम्म लाग्ने

0

काठमाडौँ ।  नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला पहिरो हटाउन शुक्रबार बिहान सम्म लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आज पहिरो हटाउन सक्ने सम्भावना नभएको जनाएको हो ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यले पहिरो पन्छाउन शुक्रबार बिहानसम्म  लाग्ने बताए । उनले भने– ‘हिजो साँझ पानी नपरेको भए आज पहिरो हटाएर सञ्चालनमा ल्याउन सकिन्थ्यो  । फेरि पानी परेन भने भोलि बिहान ११ बजेतिर सञ्चालन ल्याउन सकिन्छ कि भन्ने अनुमान छ ।’

अहिले ६ वटा उपकरण परिचालन गरिएको छ । दुई साइडबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । तर एक साइडमा दुई वटा मात्र उपकरण प्रयोग गर्न सकिने भएकाले ढिला भएको उनको भनाइ छ ।

मंगलबार दिउँसो ४ः ५५  बजे मुग्लिनको तुइनखोला नजिकै ठुलो पहिरो गएको थियो । बुधबार बिहानैदेखि पहिरो हटाउने कार्य सुरु भएको थियो  । 

१६० मिटर सडकमा पहिरो थुप्रिँदा १८ मिटर अग्लो पहाड बनेको थियो ।  उक्त पहिरोमा थुप्रिएको ढुंगामाटो ३४ हजार ट्रक भएको सडक विभागको अनुमान छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here