Wednesday, October 8, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ५००० प्रहरी परिचालन

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 25, 2025
in प्रभाव, विशेष, संचार, समाचार, समाचार, समाज, सरकार
सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ५००० प्रहरी परिचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

९ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । प्रदेशमा रहेका सबै जिल्ला प्रहरी कार्यालयहरुले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विश्वकर्माले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनकाअनुसार चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत प्रदेशभर पाँच हजार प्रहरी परिचालन गरिएको छ ।

चाडपर्व मनाउन भारत तथा अन्य मुलुकबाट स्वदेश फर्किने नागरिकहरुलाई मध्यनजर गरेर बसपार्क तथा सीमा नाकाहरुमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताउँदै डीआईजी विश्वकर्माले कुनै समस्या भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

अर्कोतिर सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधिलाई समेत ध्यानमा राखेर नियन्त्रण गर्न सोहीअनुसार प्रहरी परिचालन गरिएको उनी बताउँछन् । ‘अहिले सुदूरपश्चिम प्रदेशको शान्ति, सुरक्षाको अवस्था समान्य रहेको छ । दशैँ, तिहार र छठलाई लक्षित गरेर मातहतका प्रहरी कार्यालयले सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेका छन्’, डीआईजी बिश्वकर्माले भने, ‘प्रदेशभर पाँच हजार बढी जनशक्ति खटाइएको छ । बसपार्क र सीमा नाकाहरुमा नागरिक सहायता कक्ष स्थापना गरेर प्रहरीले सहजीकरण गरिरहेका छन् ।’

जेनजी आन्दोलनका क्रममा कारगारहरुबाट भागेका कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको प्रहरीको विश्लेषण रहेको छ तर धेरै जसो कैदीबन्दी आफैं सम्बन्धीत कारागार फर्किसकेका छन् भने बाहिर रहेकाहरु समेत आउने क्रम चलिरहेको छ । फरार कैदीबन्दीलाई पक्राउ गर्न पनि छुट्टै प्रहरीहरु परिचालन गरिएको छ । प्राकृतिक विपद्को जोखिमलाई पनि ध्यानमा राखेर उद्धार कार्यको योजनालाई समेत प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले जोखिमपूर्ण मानिएको कैलालीमा पनि प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको बताए ।

सीमा नाका र बसपार्क क्षेत्रमा नागरिक सहायता कक्ष स्थापना गरेर विभिन्न गन्तव्यमा जाने यात्रुहरुलाई प्रहरीले सहजीकरण गरिरहेको छ । चाडपर्वका बेला सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधिलाई ध्यानमा राखेर चेकजाँच, गस्ती तथा पेट्रोलिङ जस्ता कार्य बढाइएको एसपी चन्दले बताए ।

‘हामीले चाडपर्वलाई मध्य नजर गरेर कैलाली जिल्लाको सुरक्षा व्यवस्था मजबुुत बनाएका छौं । जिल्लाभर एघार सय प्रहरी परिचालन गरिएका छन्’, चन्दले भने, ‘सीमा नाकामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न तालिम प्राप्त कुुकुरको प्रयोग गरेर चेकजाँच बढाइएको छ ।’ उनकाअनुसार सीमा क्षेत्रमा हुुनसक्ने हातहतियार तथा लागू औषध ओसारपसार जस्ता कुरालाई गम्भीर रुपमा लिएर सोही अनुसार सुरक्षा रणनीति बनाइएको छ ।

चाडपर्वका बेला बैंक तथा वित्तीय संघसंस्था र निजी घरहरुमा चोरीको जोखिम हुने भएकाले यी संवेदनशील क्षेत्रको सुरक्षामा समेत प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

५ सडक पूर्ण रुपमा बन्द, ४ सडक एकतर्फी सञ्चालन (सूचीसहित)

Next Post

तुइनखोला पहिरो हटाउन भोलिसम्म लाग्ने

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
तुइनखोला पहिरो हटाउन भोलिसम्म लाग्ने

तुइनखोला पहिरो हटाउन भोलिसम्म लाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025
बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

September 25, 2025
केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– मलाई पदमा बसिराख्नपर्छ भन्ने लाग्दैन

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– मलाई पदमा बसिराख्नपर्छ भन्ने लाग्दैन

September 25, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025
बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

September 25, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In