वासिङ्टन डिसी । चुनावी र्यालीका क्रममा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाली समयअनुसार आइतबार गोली हानेर हत्या गर्ने प्रयास भयो । गोली ट्रम्पको दाहिने कानलाई थोरै छेडेर गयो भने उनी भाग्यबस् बाँच्न सफल भए । अमेरिकामा राष्ट्रपति एवम् पूर्वराष्ट्रपतिको हत्या प्रयासको इतिहास लामो छ ।
अब्राहम लिङ्कन, जेम्स ए गेरफिल्ड, विलियम म्याक्किन्ले र जोन एफ केनेडी गरी चार जना राष्ट्रपतिको हत्या भयो । हत्या प्रयासमा बचेकाहरूको सूचीमा ट्रम्प समेत कयौँको नाम छ ।