Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

गाजा युद्ध सुरु भएको १० महिना लाग्यो

आशिष सम्बाददाता by आशिष सम्बाददाता
July 7, 2024
in प्रभाव, प्रवास, विशेष, समाचार
गाजा युद्ध सुरु भएको १० महिना लाग्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हमासले दक्षिणी इजरायलमा गत वर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ।

यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन्।

हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने लडाकु समूहले २५० जना बन्धक बनाएको थियो। युद्ध विराम र कैदी आदान प्रदान सम्झौतापछि हमासले १०० भन्दा बढी व्यक्तिलाई रिहा गरेका थिए भने यसको तेब्बर सङ्ख्यामा प्यालेष्टिनी बन्दी रिहा भएका थिए।

हिंसा रोक्नको लागि नयाँ कुटनीतिक प्रयासहरू जारी छन्। इजरायलले कतारको दोहामा हालै सुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आगामी दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका छन्।

“वार्तालाई निरन्तरता दिन अर्को हप्ता इजरायली वार्ताकार दोहा जाने सहमति भएको छ। इजरायली राजनीतिक पार्टीहरूबीच युद्धलाई हेर्ने सम्बन्धमा अझै पनि मतभिन्नता छ,” प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसैबीच गाजामा जारी द्वन्द्व निरन्तर जारी रहेको प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार इजरायली आक्रमणमा मारिएका दुई बालबालिकासहित छ जनाको शव मध्य शहर देइर अल–बलाहस्थित अल अक्सा शहीद अस्पतालमा आइपुगेको जनाएको छ।

गाजा शहरको उत्तरी क्षेत्रमा रहेको एक घरमा इजरायली आक्रमणमा परी छ जनाको मृत्यु भएको पनि पारामेडिक्सले जानकारी दिएका छन्।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले मध्य गाजाको नुसिरातमा विस्थापितलाई आश्रय दिइरहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय ९यूएनआरडब्लुए० ले सञ्चालन गरेको विद्यालयमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको जनाएको थियो।

इजरायली सेनाले आफ्नो विमानले अल–जवानी विद्यालय वरपर सक्रिय ‘आतङ्ककारी’लाई निशाना बनाएको बताएको छ।

सेनाले यसअघि गाजापट्टीको उत्तरमा शुजैया, दक्षिणमा देइर अल–बलाह र रफाहलगायत अधिकांश क्षेत्रमा अभियान सञ्चालन गरेको बताएको थियो।

शुजैया ती क्षेत्रहरूमध्ये एक हो जुन सेनाले पहिले हमासबाट मुक्त भएको घोषणा गरेको थियो, तर यहाँ फेरि युद्ध सुरु भएको छ।

हमासको प्रेस कार्यालय र पारामेडिक्सले स्थानीय सञ्चारमाध्यममा कार्यरत चार जना पत्रकारको शनिबार राति भएको आक्रमणमा मारिएको र युएनआरडब्लुएले आफ्ना दुई कर्मचारीको मृत्यु भएको जनाएको छ।

गाजामा वितरण गरिने अधिकांश सहायताको समन्वय गर्ने यूएनआरडब्लुएले युद्धमा आफ्ना १९४ जना कर्मचारीको मृत्यु भएको जनाएको छ।

कतार र इजिप्टसँगै युद्धविराम वार्ताको मध्यस्थता गरेको संयुक्त राज्य अमेरिकाले दुवै पक्षका लागि ‘निकै महत्वपूर्ण खुलापन’ भएको भन्दै सम्झौताको सम्भावनाबारे कुरा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए।

यसमा प्रारम्भिक ६ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेना फिर्ता र प्यालेस्टाइनी लडाकुद्वारा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्नु समावेश थियो।

वार्तापछि रोकियो, तर एक अमेरिकी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार हमासको नयाँ प्रस्तावले प्रक्रियालाई अगाडि बढाउँछ र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्नसक्छ।

Previous Post

पहिराले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुनः बन्द

Next Post

वर्षाले बोलायो जताततै विपत् : पहिरो आउन लागेको कसरी थाहा पाउने?

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
वर्षाले बोलायो जताततै विपत् : पहिरो आउन लागेको कसरी थाहा पाउने?

वर्षाले बोलायो जताततै विपत् : पहिरो आउन लागेको कसरी थाहा पाउने?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In