Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

बाढीपहिरो र डुबान : देशभरमा हालसम्म १४ जनाको मृत्यु

आशिष सम्बाददाता by आशिष सम्बाददाता
July 7, 2024
in प्रभाव, विशेष, समाचार
बाढीपहिरो र डुबान : देशभरमा हालसम्म १४ जनाको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ। बाढी पहिरो लगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन्।

१८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एकजना गरी १४ जनाको मृत्यु भएको छ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको थियो। पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका–५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ।

त्यसैगरी पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका–७ बस्ने हिरा नेपाली, अनिशा वास्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका–६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका–६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका–८ बग्रपुर बस्ने मनियम चौधरीकोसमेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

बाढी र पहिराेमा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९    का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन्। हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाका नदी, खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ। अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए। 

देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Previous Post

जिबी राईविरुद्ध परेको मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

Next Post

अहिलेको सरकार कामचलाउ हो, प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
अहिलेको सरकार कामचलाउ हो, प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले

अहिलेको सरकार कामचलाउ हो, प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In