आतंकवादी पक्राउ नपरेसम्म अस्पतालमा आक्रमण जारी रहन्छः इजरायल

0

इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताएका छन्।

अन्तिम आतंकवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताए।

उनले आतंकवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने बताए। फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्याङ्कनको क्रममा यो टिप्पणी गरेका थिए।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। साथै ७ सय बढी पक्राउ गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here