काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को सातौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।
उनले आयरल्यान्ड ‘ए’ का सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई ११ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट हो ।
दीपेन्द्रले लिएको यो तेस्रो क्याच हो । १५.१ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ८४ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।