हैजा हटस्पट क्षेत्रहरूमा करिव १८ लाख मिलियन जाम्बियालीहरूले हैजाको खोप पाएका छन् । देशले लक्षित खोप अभ्यास जनवरी १६ मा शुरु गरेको हो।
स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले हैजाको अवस्थाको बारेमा जानकारी दिँदै खोप देशको राजधानी लुसाकासहित लुसाका प्रान्तका ‘हटस्पट’ जिल्लामा दिएको जवानकारी दिए। मन्त्रीले हैजा सम्बन्धी मन्त्रीस्तरीय कार्यदलले देशको राजधानीका हटस्पट परिसरहरूमा सामुदायिक सरसफाई कार्यलाई तिव्रता दिएको पनि बताए।
उहाँकाअनुसार कार्यदलले पानीजन्य रोग नियन्त्रणको प्रयासस्वर”प विभिन्न सार्वजनिक स्थान सरसफाइका लागि स्थानीय बासिन्दालाई परिचालन गर्दै आएको छ। गत वर्ष अक्टोबरदेखि यो रोग फैलिएपछि देशमा हालसम्म १४ हजार ९०० केस फेला परेका छन् भने ५६० जनाको मृत्यु भएको छ।