Monday, February 16, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात

आशिष सम्बाददाता by आशिष सम्बाददाता
November 7, 2023
in प्रभाव, विशेष, समाचार
भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

२१ कात्तिक, जाजरकोट (रामीडाँडा) । भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा सिर्पाचौर बस्तीकी ७६ वर्षीया बिर्मी घर्ती भूकम्प आउँदा घरमा सुतिरहेकी थिइन् ।

एक्कासी घर हल्लिन थालेपछि हतपत्त उठेर आफ्नो श्रीमान भीम बहादुर घर्ती (७८) लाई उठाइन् । आँखा नदेख्ने उनी श्रीमानको सहारामा भागेर ज्यान जोगाउन सफल भइन् । ‘अलिकती बाहिर के आएको थिएँ, गर्ल्याम्म घर ढलेको आवाज आयो । छोरा-बुहारीलाई आवाज दिएँ, सबै भागेर बाँच्न सफल भए,’ भूकम्प गएको रात सम्झिंदै उनी भन्छिन् ।

यो पनि पढ्नुहोस
पालिकामै थुप्रियो राहत, खुला आकाशमुनि रात काट्छन् पीडित
शुकबार गएको भूकम्पले घर ढलेको आज चार दिन भयो । घर भत्किएपछि उनको ९ जनाको परिवार घर नजिकैको प्रतिक्षालयमा बसेको छ । त्रिपाल नभएकै कारण प्रतिक्षालयमा बसेको बिर्मीले बताइन् । ‘पाल पनि छैन, पाल किन्ने पैसा पनि छैन । पाल हुनेहरु खुल्ला चौरमा पाल हालेर बसेका छन्, हामी केही उपाय नलागेपछि यही चौतारोमा बसेका हौं,’ अनलाइनखबरसँग कुरा गर्दै बिर्मीले भनिन्, ‘अहिले पनि भूकम्प गइरहेको छ । यही चौतारो पनि भत्किन्छ कि भन्ने डर लाग्छ ।’

घर भत्किएपछि लत्ताकपडा र खाद्यान्न पुरिएको छ । चिसो भुइँमा रात बिताइरहेका उनीहरु अहिलेसम्म एउटा त्रिपाल समेत नपाएको बताउँछन् । भूकम्पले घर ढलेपछि चिसो रात बिताउनु त छँदैछ, त्यसमा पनि खाने कुराको अभाव छ । ‘गाउँलेले दिएको घोगा (मकै)को पिठो र जंगलबाट सिस्नु ल्याएर हिजो दिउँसो खायौं । त्यो पनि सकियो । हिजोको रात भोकै सुत्यौं । आज के खाने हो थाहा छैन,’ भीम बहादुर भन्छन् ।

सोही बस्तीकी धनकला पुन (३०) को परिवार पनि घर अगाडि बारीको पाटोमा पुरानो पाल हालेर बसेको छ । त्यही सानो पाल मुनि उनका दुई छोराछोरी र श्रीमान सहित चार जनाको परिवारले रात काट्दै आएको छ ।

भूकम्पले घर भत्किएपछि सबै लत्ताकपडा त्यहीँ पुरियो । ‘हिजो आर्मीहरु आएका थिए, अलिकती भएको आलु पुरिएको थियो । एकबोरा निकाल्दिनुभयो र त्यही खाएर रात बितायौं । त्यसपछि के खाने कुनै टुंगो छैन,’ अनलाइनखबरसँग कुरा गर्दै धनकलाले भनिन् ।

अहिलेसम्म सरकारको तर्फबाट कोही राहत नआएको भन्दै उनी दुःखी छिन् । ‘सरकारले राहत दिने भनेको मात्र सुन्छु । तर कहिले दिने हो थाहा छैन’, उनले भनिन्, ‘प्रहरीले नाम टिपेर त लगेका छन् । तर अहिलेसम्म पाल समेत पाएका छैनौं । बालबच्चा भात, रोटा (रोटी) माग्छन् । भएको अलिकति आलु समेत सकिन लागिसक्यो । यी बालबच्चालाई के खुवाउने हो थाहा छैन ।’

शुक्रबार राति रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले यहाँका सबैजसो घर क्षतविक्षत भएका छन् । स्वास्थ्य चौकी र विद्यालय भवन पनि बाँकी रहेनन् । तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा मानवीय क्षति भने भएको छैन । तर गाउँमा सग्ला घरहरु पनि छैनन् । सिर्पाचौर बस्तीमा भूकम्पबाट ७ जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

यो पनि पढ्नुहोस
परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय
धनकलाको परिवार बसेको त्रिपाल ।
धनकला जस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जंगलतिर छोडेका छन् । आफूहरु पनि बाहिरै खाना बनाएर खान्छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र सुत्छन् ।

बारम्बार भूकम्पका पराकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका सिर्पाचौरका प्रभावितहरू अहिले राहत र पुनर्स्थापनाको पखाईमा छन् ।

सरकारले राहत पठाएको सुने पनि गाउँमा आफूहरुले केही नपाएको स्थानीय खुमप्रसाद पुन (४२) बताउँछन् । ‘सरकारले राहत बाड्यौं भनेको रेडियोेबाट सुनेँ, तर हामीले ओत लाग्ने पालसम्म पाएका छैनौं,’ उनले आक्रोश पोखे, ‘सरकारी गफ सुनीनसक्नु छन् । हाम्रा पीडा भनीनसक्नु छन् ।’

चिसोमा बाहिर बस्नुपर्दाको दुःख मात्र छैन उनीहरुलाई खाद्यान्नको समेत अभाव हुँदैछ । सोमबार पनि रामिडाँडालाई नै केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको परकम्प जाँदा नागरिकहरु थप त्रसित छन् ।

भूकम्प प्रभावित क्षेत्रमा सोमबार राहत पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समितिले दाबी गरे पनि सिर्पाचौर लगायतका दुरदराजका अधिकांश पीडितहरुले राहत नपाएको बताइरहेका छन् ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सोमबार दिउँसोसम्म सबैजसो प्रभावित क्षेत्रमा राहत पठाइएको दावी गरे । राहत बारेकोट गाउँपालिकामा पुगे पनि पीडितहरुले अझै पाउन सकेका छैनन् । मापदण्ड बनाएर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भन्दै ढिलाइ भएको देखिन्छ ।

Previous Post

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, दुईको मृत्यु

Next Post

विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल  मंसिर ५ गते काठमाडौंमा हुने

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल  मंसिर ५ गते काठमाडौंमा हुने

विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल  मंसिर ५ गते काठमाडौंमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Intrygujący Globus Ruletki: Kompleksowy Przegląd

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Intrygujący Globus Ruletki: Kompleksowy Przegląd

February 16, 2026

Roulette ohne Einzahlung Spiel: Alles, was Sie wissen müssen

February 14, 2026

Roulette in New York: Navigating the Digital Frontier

February 13, 2026

February 13, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Intrygujący Globus Ruletki: Kompleksowy Przegląd

February 16, 2026

Roulette ohne Einzahlung Spiel: Alles, was Sie wissen müssen

February 14, 2026

Roulette in New York: Navigating the Digital Frontier

February 13, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In