Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

प्रचण्डको पत्रले बाबुरामको पार्टीमा खैलाबैला

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 20, 2023
in Politics, समाचार, सरकार
प्रचण्डको पत्रले बाबुरामको पार्टीमा खैलाबैला
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरु झस्किएका छन् ।

नेताहरुका अनुसार आम चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी भएको थियो । त्यही समझदारी अनुसार नेसपाका केही नेताले माओवादीको चुनाव चिह्न बाटै चुनाव लडे ।

उनीहरुमध्ये प्रतिनिधिसभामा महेन्द्र राय यादव र बागमती प्रदेशसभा सहअध्यक्ष गंगानारायण श्रेष्ठ निर्वाचित भए ।

यादव प्रचण्ड सरकारमा खानेपानी मन्त्री छन् भने श्रेष्ठ बागमतीमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।

दुई पार्टीबीच एकता वार्ता पनि सुरु भएको थियो । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नसपाले सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा वार्ता समिति नै बनाएर छलफल थालेको थियो । गत चैतमा नेसपाले पार्टी एकताको आधार भन्दै ९ बुँदे पत्र माओवादीलाई पठाएको थियो । त्यसपछि सम्वाद अघि बढेन ।

एक्कासि ५ महिनापछि डा. बाबुराम भट्टराई देश बाहिर रहेको समयमा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै वरीयता क्रममा दोस्रो नम्बरमा रहेका अध्यक्ष महिन्द्र राय यादवको नाममा पत्राचार गरेपछि नेसपामा तरंग पैदा भएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले हस्ताक्षर गरेको पत्रमा आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी पार्टीको नामबारे निर्णय लिनसक्ने माओवादी निर्णयबारे जानकारी दिइएको छ ।

यादव पक्षका नेताहरु माओवादीको पत्रलाई स्वभाविक मान्छन् । तर डा. भट्टराई पक्षका नेताहरुको भने चर्को असन्तुष्टि छ । नेताहरुका अनुसार प्रचण्ड र डा. बाबुराम भट्टराईबीच निर्वाचन लगतै खटपट सुरु भएको थियो ।

४ असारमा माओवादी सहितका दलले बनाएको समाजवादी मोर्चामा नेसपा नसमेटिएपछि भट्टराई रुष्ट बनेका छन् ।

उनी माओवादीसँग पार्टी एकता नगर्ने पक्षमा पुगेका छन् । भट्टराईले एकता गर्न रुचि नदेखाएपछि पार्टीमा विभाजन ल्याउने गरी पत्राचार भएको नेसपाका केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल बताउँछन् ।

स्रोतका अनुसार माओवादीले लेखेको पत्र बाहिरिएपछि भट्टराई पक्षका नेताहरुबीच अनौपचारिक छलफल भएको थियो । उनीहरुले भारत भ्रमणमा रहेका डा. भट्टराईसँग पनि सम्वाद गरेका थिए । उनी फर्किएपछि पार्टीको बैठक बसेर थप निर्णय गर्ने नेताहरु बताउँछन् ।

नेसपा सचिव ईश्वर रिजाल त माओवादी केन्द्रको नाममा काटिएको पत्र फुटाउ र राज गर भन्ने माओवादी नीतिमा आधारित भएको टिप्पणी गर्छन् । पार्टी कार्यालयमा पत्र नआएको भन्दै उनले भने, ‘बाबुरामलाई एक्ल्याउने योजनाअनुरुप महेन्द्र राय यादवको नाममा पत्र काटिएको देखिन्छ ।’

माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष तथा पार्टी कार्यालय सचिव श्रीराम ढकाल भने बाबुराम भट्टराई र महिन्द्र यादवबीच माओवादीले खेल्न खोजेको भनेर हल्ला चलाइएको गुनासो गर्छन् । ‘हाम्रो उद्देश्य खेल्ने होइन, २५ भदौमा पार्टी केन्द्रीय कार्यालयको बैठक बस्दा उहाँहरूलाई पत्र पठाउने निर्णय भएको हो’, ढकाल भन्छन, ‘हाम्रो आन्तरिक कारणले ३० भदौमा मात्रै पत्र पठाउने अवसर मिल्यो, जतिबेला बाबुरामजी देश बाहिर हुनुहुँदो रहेछ ।’

भट्टराई देश बाहिर भएपछि भएपछि सोही पार्टीका अर्का अध्यक्ष यादवलाई सम्बोधन गरेर पत्र लेखिएको उनको स्पष्टोक्ति छ । उनले अघि भने, ‘यदि पत्रमा गरिएको सम्बोधनको विषयले मात्रै एकतालाई असर हुन्छ भने बाबुरामजीलाई पनि पार्टीले पत्र पठाउन सक्छ ।’

नेसपा अध्यक्ष यादव पनि माओवादी केन्द्रबाट आएको पत्रलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । पार्टी एकता गर्ने सहमतिअनुसार नै माओवादीको चुनाव चिह्न बाट निर्वाचन लडेको र त्यसपछि पनि वार्ता भएको स्मरण गर्दै उनले भने, ‘उहाँहरुले नाम फेर्ने छलफल सुरु भएको छ । महाधिवेशनबाट नामबारे निर्णय गरेपछि पार्टी एकता हुन्छ ।’

Previous Post

अष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान

Next Post

गण्डकी प्रदेशका संरचना र भार पुनर्मूल्याकन गर्न अध्ययन कार्यदल

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
गण्डकी प्रदेशका संरचना र भार पुनर्मूल्याकन गर्न अध्ययन कार्यदल

गण्डकी प्रदेशका संरचना र भार पुनर्मूल्याकन गर्न अध्ययन कार्यदल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In