बाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन आयोजना गर्दैछौं : अर्थमन्त्री

0
df]/ª, !$ j}zfvM sf]zL k|b]z:t/Lo cGt/lqmofdf dGqL dxt cy{dGqL 8f k|sfzz/0f dxt /fhZj k/fdz{ ;ldlt, df]/ª Jofkf/ ;‹ / pBf]u ;ªu7g df]/ªåf/f lj/f6gu/df laxLaf/ cfof]lht cfj @)*)÷*! sf] ah]6 Pj+ /fhZj gLlt th'{dfsf ;Gbe{df cfof]lht sf]zL k|b]z:t/Lo cGt/lqmof pb3f6g sfo{qmddf dGtJo /fVg'x'Fb} . tl:a/ M dgf]h bfxfn÷/f;;

२२ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् ।

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताए । त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।

नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले दाबी गरे ।

भारतमा १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए ।

‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदैछ । यसको राम्रो संकेतहरु देखा पर्न थालेका छन् । यसको मतलव यो होइन कि हामी समस्यारहित भइसक्यौं भन्ने होइन । समस्याहरु छन् । तर ती समस्याहरुलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरु अब सुरु हुन्छ । र, त्यसका संकेतहरु देखिएका छन्’ अर्थमन्त्री महतले भने ।

विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र पर्यटक आगमनमा पनि वृद्धि भइरहेकोले यसबाट मुलुकको आर्थिक गतिविधि बढ्ने उनले बताए ।

‘हाइड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । र, इन्डियासँग जुन सम्झौता भएको छ । १० हजार मेगावाटसम्म विद्युत खरिद गर्ने दश वर्षमा । त्यसले लगानीकर्ताहरुलाई एउटा सुनिश्चित मार्केट प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । त्यसले एउटा थप बजारको सम्भावना छ’ उनले भने ।

अर्थमन्त्री महतले नेपालमा वाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वास समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here