देशव्यापी आन्दोलन थालेको राष्ट्रिय किसान सन्जालको घोषणा

0

११ साउन, काठमाडौं । राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् ।

लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको, धान खेतीको बेलामा पनि मल अभाव भएको भन्दै सन्जालले आन्दोलन घोषणा गरेको हो ।सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेको छ ।

साथै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बेथिती अन्त्य हुनुपर्ने लगायतका माग सन्जालले राखेको छ । कालिमाटी तकारी बजार विकास समितिले खुला प्रतिस्पर्धाविना सटर भाडामा लिएकाहरुसँग नवीकरण गरेको भन्दै सन्जालले धर्ना दिँदै आएको छ । बजार समितिले वार्तामा बोलाए पनि समस्याको समाधान हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here