नेपाल ख्रीष्टियन समाज अन्र्तगतको महिला नेटवर्कको आयोजनामा दिदीवहिनी समुहको भेला अन्र्तक्रिया र गोष्ठि सम्पन्न भएको छ ।
हिजो र आज गरी २ दिनसम्म चलेको भेलामा ७ वटै प्रदेशबाट विभिन्न मण्डली समुह, सम्प्रदाय, संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहको थियो । कार्यक्रमको मुख्य उदेश्य भनेको नै महिला नेटवर्क भएको दिदीबहिनीले कसरी एकअर्कामा परिचालित हुने, संयुक्त संगति, तालिम आदनप्रदान एकअर्कामा प्रार्थना भेला तथा छलफल र अन्र्तक्रिया गर्नु रहेको संयोजक सिता गुरुङ भनाइ रहेको थियो l
नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेलका अनुसार राष्ट्र निर्माणमा महिलाको नेतृत्व अपरिहार्य भएको हुँदा मण्डली अगुवापनमा पनि दिदीवहिनीको पहुँच स्थापित गरी विभिन्न क्षेत्रमा प्रभाव पु¥याउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको भनि परमेश्वरको वचन मार्फत सिकाउनुभएको थियो । उक्त भेलामा ७ वटै प्रदेशबाट केन्द्रिय संयोजक समेत गरी १३ जनाको महिला नेटवर्क समिति बनेको छ । नेटवर्कको पहिलो मुख्य काम प्रार्थना झुण्ड निर्माण गरी देशभर प्रार्थना अभियान संचालन गर्ने रहेको छ ।