ईटहरी । प्रदेश १ नं इसाई समाजको अयोजनामा सुनसरीको इटहरीमा बृहत ख्रिष्टमस महोत्सब सम्पन्न भएको छ ।
नजिकिदै गरेको ख्रीष्टजन्मोत्सव ख्रिष्टमसको अवसरमा नेपाल धर्म निरपेक्ष राष्ट्र भएको कारण सबैले आ आफ्नो इच्छा अनुसारको धर्मलाई मान्नु पर्ने मान्यतालाई आत्मसाथ गर्दै यो महोत्सबको आयोजना गरिएको हो । इसाई धर्मालम्बिहरुको महान पर्वको रुपमा रहेको प्रभु येशुको जन्कोमोत्सवको अवसरमा मनाईने ख्रिष्टमस महोत्सवमा प्रदेश न. १ का बिभिन्न जिल्लाबाट हजारौको संख्यामा सहभागीता रहेको प्रदेश नं १ इसाई समाजका अध्यक्ष बिक्रम वर्णबास येक्तेनले बताए । ख्रिष्टमसको पुर्व सन्धयामा मनाईएको यो महोत्सवले सबैमा उर्जा थपेको पनि अध्यक्षक बर्णबासको भनाईथियो ।
त्यस्तै महोत्सबका प्रमुख अतिथि तथा प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संविधानले सबै धर्मलाई बराबर मानेको हुदाक सरकारले कुनै धर्म बिषेश विभेद नगरे, समृद्धिका लागी सरकारले पहल थालीसकेको कारण कुनै पनि धर्म, जाती, भाषाको बिषयलाई लिएर सविंधानले विभेद नगरेको र आफुलाई तल्लो स्तरको भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका थिए l
साथै नेपाल इसाई समाजका केन्द्रिय महासचिव रेभ. पा. डिल्लीराम पौडेलले अहिले र भविस्यमा हुन आउने चुनौतीहरुको बिषयमा उत्साहको वचन बोल्नु भएको थियो l उत्त महोत्सब मा ह्याब्जिवा ब्याण्डले आराधना गरेका थिए भने महोत्सवमा बिभिन्न जातजातिको भेषभुषा र सस्कृतिको समेत प्रर्दसन गरिएको थियो l
महोत्सव कार्यक्रममा प्रदेश सांसद सर्वध्वज सावा, लिलम बस्नेत, लगायतको उपस्थिति रहेको थियो । ख्रिष्टमस महोत्सव, कार्यक्रमका संयोजक दानीएल सुब्बाले सबैलाई धन्यबाद दिई समापन गरेका थिए l