नेपाली बजारमा सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।