काठमाडौंस्थित होसन्ना चर्च मिनिष्ट्रिजले आफ्नो २५औं रजत महोत्सवको अवसर पारेर स्वर्गीय पास्टर रोर्बट कार्थक र शामुएल डन कार्थकमा समर्पित गर्दै आराधनामय गीतको म्युजिक भिडियो एक समारोहकाबिच विमोचन गरेको छ ।
सो आराधनामा आधारित म्युजिक भिडियो विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सुईङ कार्थक र सलोमी तिमोथी विशिष्ट अतिथिको रुपमा रहनुभई सुईङ कार्थकले ‘तपाईंको नाउँ’ नामक आराधनामय म्युजिक भिडियो विमोचन गर्नुभएको थियो भने स्वर्गीय पास्टर रोर्बट कार्थक र शामुएल डन कार्थकमा समर्पित म्युजिक भिडियोलाई सलोमी तिमोथीले विमोचन गर्नु भएको थियो भने मोटिभेसन स्पीकर पास्टर शामुएल तामाङले आफ्नो प्रवचन दिनुभएको थियो । त्यसैगरी पास्टर राजु सुन्दासले आफूले आराधनामा आधारित यो म्युजिक भिडियो किन निर्माण गर्नु पर्यो भन्ने बारेमा स्पष्ट पार्नु भएको थियो ।
उक्त म्युजिक भिडियो विमोचन समारोहमा सो म्युजिक भिडियोमा योगदान पुर्याएका गायिका, संगीतकार, प्राविधिक लगायत अन्य क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो । साथै सो म्युजिक भिडियो विमोचन समारोहमा प्रमुख अतिथि सुईङ कार्थकका साथै सलोमी तिमोथी, अधिवक्ता पास्टर बुद्ध घिसिङले स्वर्गीय पास्टर रोबर्ट कार्थक र शामुएल डन कार्थकको जीवनी, स्वभाव र परमेश्वरप्रतिको विश्वासको परिपक्वताको सम्झना गर्दै म्युजिक भिडियोको सफलताको शुभकामना ब्यक्त गर्दै आराधनामय म्युजिक भिडियोका निर्मातालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
होसन्ना चर्चका पास्टर राजु सुन्दास र समिता सुन्दास निर्माता रहेको सो आराधनामय म्युजिक भिडियोलाई HCM (एचसिएम) युट्युब च्यानलमा गएर हेरिदिन सबैसँग अनुरोध गर्दै पास्टर राजु सुन्दासले स्वर्गीय पास्टर रोबर्ट कार्थक र शामुएल डन कार्थकबाट आफू सानैदेखि प्रेरित हुँदै आएको र उहाँहरूबाट धेरै सिक्नु पर्ने कुराहरू रहेको बताउनु भएको थियो ।