२ हजार ४७४ संक्रमित थपिए, २४ जनाको मृत्यु

0

काठमाडौं- नेपालमा थप २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको आरटी पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

७ हजार २३५ जनामा आरटी पीसीआर परीक्षण गर्दा एक हजार ५७७ र ४ हजार ९९७ जनामा एन्टिजेन परीक्षण गर्दा ८९७ जना संक्रमति थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै सोही अवधिमा २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ।

गत २४ घण्टामा नै २ हजार ५१८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here