राष्ट्रपतिद्वारा विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

0

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पदाधिकारीहरु नियुक्त गरेकी हुन्।

अख्तियारको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन्। यस्तै, लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष तथा माधब बेल्बासे, बीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी सदस्यका रुपमा नियुक्त भएका छन्।  निर्वाचन आयोगमा सगुन शम्शेर जबरा आयुक्तको रुपमा नियुक्त भएका छन्।

यी हुन् विभिन्न आयोगमा राष्ट्रपतिद्वारा नियुक्त पदाधिकारीहरु–

क्र.सं.कानूनी व्यवस्थानाम थरनियुक्त गरिएको पदनियुक्त गरिएको निकाय
१.संविधानको धारा २३८ को उपधारा (२)डा. हरि पौडेल, बाग्लुङआयुक्तअख्तियार दुरूपयोग अनुसन्धान आयोग
२.डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुरआयुक्तअख्तियार दुरूपयोग अनुसन्धान आयोग
३.संविधानको धारा २४२को उपधारा (२)श्री माधब प्रसाद रेग्मी, झापाअध्यक्षलोक सेवा आयोग
४.श्री माधव वेल्बासे, कपिलवस्तुसदस्यलोक सेवा आयोग
५.श्री बीर बहादुर राई, इलामसदस्यलोक सेवा आयोग
६.श्री दिनेश सिलवाल, ललितपुरसदस्यलोक सेवा आयोग
७.श्री मञ्जु कुमारी, महोत्तरीसदस्यलोक सेवा आयोग
८.संविधानको धारा २४५ को उपधारा (२)श्री सगुन शम्शेर जं. वा. राणा, रूपन्देहीनिर्वाचन आयुक्तनिर्वाचन आयोग
९.संविधानको धारा २५० को उपधारा (२)श्री विपिन राज निरौला, पाँचथरसदस्यराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१०.संविधानको धारा २५२ को उपधारा (२)श्री जया घिमिरे, धनुषासदस्यराष्ट्रिय महिला आयोग
११.श्री सावीत्रा कुमारी शर्मा, पर्वतसदस्यराष्ट्रिय महिला आयोग
१२.संविधानको धारा २५५ को उपधारा (२)श्री सुन्दर पुर्कुटी, काठमाडौंसदस्यराष्ट्रिय दलित आयोग
१३.संविधानको धारा २५८ को उपधारा (२)डा. राम कृष्ण तिमल्सेना, कास्कीअध्यक्षराष्ट्रिय समावेशी आयोग
१४.श्री पुष्पराज तिमिल्सिना, पर्वतसदस्यराष्ट्रिय समावेशी आयोग
१५.श्री मान प्रसाद खत्री, बझाङसदस्यराष्ट्रिय समावेशी आयोग
१६.संविधानको धारा २६१ को उपधारा (२)श्री सुर्य बहादुर गुरूङ, खोटाङसदस्यआदिवासी जनजाति आयोग
१७.संविधानको धारा २६२ को उपधारा (२)श्रीमती आभा कुमारी, सप्तरीसदस्यमधेशी आयोग
१८.संविधानको धारा २६३ को उपधारा (२)डा. उमाशंकर प्रसाद चौधरी, नवलपरासीसदस्यथारू आयोग
१९.श्री शान्ती मोदी, मोरङसदस्यथारू आयोग
२०.संविधानको धारा २६४ को उपधारा (२)श्री मोहम्मद समशुल हक, सर्लाहीसदस्यमुस्लिम आयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here