कोरोनाबाट ५० जनाको मृत्यु, ९ हजार बढी संक्रमित थपिए

0

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ।

९,०२३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १९,९८७ जनाको परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित पहिचान भएका हुन।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना संक्रमित निको भएका छन्।

हालसम्म २ लाख ९५ हजार ३९५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। नेपालमा सक्रिय संक्रमितहरुको संख्या ७८ हजार ६ सय २९ जना छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here