काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ हजार ४०० नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
यो अवधिमा थप ३७८ जना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १७६ पुगेको छ।
आज काठमाडौं उपत्यकामा मात्रै १९ सय १२ कोरोना संक्रमित थपिए। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा ११२ कोरोना संक्रमित थपिएका छन्।