थप ४५२४ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

0
22

काठमाडौं । नेपालमा आज देशभर ४५ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्‍यकामा मात्र १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा कुल संक्रिय संक्रमितको संख्या २६,२२५ छ। जसमध्ये आईसीयुमा ३१५ र भेन्टिलेटरमा ८४ जना छन्। यस्तै अस्पतालमा २,८७३ र २३,३५२ जना कोरोना संक्रमित घरमै रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here