एन. सी. एस. (NCS) र डब्लू. ई. ए. (WEA) का महासचिवबीच भेटवार्ता

0
नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्ली राम पौडेल (बीचमा)
नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्ली राम पौडेल (बीचमा)

२९ असोज २०७६, ललितपुर । नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेल (NCS) र वल्र्ड इभान्जेलिकल एलायन्स (WEA) का महासचिव इफ्राइम टेन्डेरो बीच भेटवार्ता भएको छ ।

नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.) नेपालको विशेष निमन्त्रणमा पहिलो पटक नेपाल आउनु भएका डब्लू. ई. ए. (WEA) का महासचिव टेन्डेराबीच हिजो बेलुकी भएको भेटवार्ताका क्रममा समाजका महासचिव पौडेलले नेपाली ख्रीष्टियन सामुदायको हालको अवस्था सतावट तथा आगामी चुनौतीका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । साथै भेटमा समाजको भावी योजना, चुनौती र ख्रीष्टियन समुदायमा पु-याएको योगदानका बारे छलफल भएको छ ।
भेटमा वल्र्ड इभान्जेलिकल एलायन्स (WEA) का महासचिव टेन्डेरोले नेपाली ख्रीष्टियन समुदायको हालको बिषयलाई लिएर आफू निकै गम्भिर भएको बताउनुभएको छ । यस्तै महासचिव पौडेलले पछिल्लो समयमा नेपाल ख्रीष्टियन समाज र नेपाल राष्ट्रिय मण्डली संगतिबीच भएको १० बुँदै प्रतिवद्धता माथि पनि ध्यानाकर्षण गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here