ललितपुर सानेपास्थित आराधना मण्डलीमा आज २८ गते मंगलबार दिउँसो १२ बजेदेखि शुरु हुने कार्यक्रममा ७ वटै प्रदेशका अध्यक्षहरु, ८ जना पूर्वअध्यक्षहरु तथा अन्य पदाधिकारी र एन.सी.एफ.नेपालमा देशभरबाट आवद्ध मण्डली सदस्य, प्रतिनिधि, पर्यवेक्षक र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय प्रतिनिधिमुलक सहभागिता हुने एन.सी.एफ.नेपालका महासचिव पा. शेर बहादुर ए.सी.ले बताउनु भएको छ ।
एन.सी.एफ. नेपालका अध्यक्ष रेभ. सुर्य बहादुर बल तामाङका अनुसार यस वार्षिक उत्सव तथा साधारण सभाले नेपाली मण्डलीमा एक उत्साह र भविष्यको मार्गदशक बन्नेमा आफु विश्वस्त रहेको हामीलाई बताउनुभयो । ३ दिन सम्म चल्ने सो कार्यक्रम तथा साधारण सभाले नेपाली मण्डलीको हितलाई ध्यानमा राखी विभिन्न विषयहरूमा छलफल गरी भावी कार्ययोजना निर्माण गर्ने तयारी गरेको छ ।
बार्षिक उत्सव तथा साधारण सभा आजबाट शुरु भई ३० गते विहिवार समापन हुने छ ।
हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कम्पनी दर्ता नं.: २३७९१२
सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८
संचालक अध्यक्ष: डिल्लीराम पौडेल
सम्पादक: भुवन प्रसाद देवकोटा
ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल
ईमेल: [email protected]
समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]
सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०