ललितपुर । मिली-जुली ख्रीष्टियन संगति, ललितपुरले पास्टर हिराकाजी महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संगतिको साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन मण्डलमा पास्टर पदमनाथ पराजुली, पास्टर सुन्दर गुरुङ र पास्टर नोर्बु तामाङ रहनुभएको थियो। निर्वाचन मण्डलको सहजीकरणमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पास्टर शाउल गुरुङ, सचिवमा अगुवा अमृता महर्जन, सहसचिवमा पास्टर हरि सिङ्ग, कोषाध्यक्षमा पास्टर दिलबहादुर जर्गामगर र सह–कोषाध्यक्षमा पास्टर लाप्चेन तामाङ चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा कल्पना थापा, रोशन बिसुन्के र मिना सक्या चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले ललितपुरमा रहेका विभिन्न मण्डली तथा ख्रीष्टियन समुदायबीच एकता, सहकार्य र संगतिलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ। साधारण सभाले नयाँ कार्यसमिति चयनसँगै संगतिको आगामी कार्ययोजना तथा गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत निर्णय गरेको जनाएको छ।
















