उद्योग समितिबाट राजीनामा दिने तयारीमा सांसद भण्डारी

0

२५ भदौ, काठमाडौं । सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकलाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसकेको भन्दै नैतिक जिम्मेवारी लिएर समितिको सदस्य पदबाट राजीनामा दिने बताएका हुन् ।

‘अहिले राज्यमा ग्यास पनि दिन सकेका छैनौँ । बोकेर पनि दिनुपर्छ, बाटो बिग्रेको ठाउँमा । डेलिभरी दिनुपर्ने हाम्रो दायित्व हो,’ उनले भने, ‘सामान्य डेलिभरी पनि दिन सक्दैनौँ भने परिवर्तनको के काम ? म पनि उद्योग समितिमा छु । म राजीनामा दिन्छु । नैतिकताको आधारमा मेरो पनि जिम्मेवारी छ । म बस्न कसरी सक्छु ? मैले साथीहरूलाई पनि भनिसकेको छु।’

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले धेरै कुरा दिएको भए पनि आफूहरूले राज्यलाई केही दिन नसकेको उनले बताए ।

भण्डारीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा भव्य पार्क निर्माण गर्नसमेत सरकारसँग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here