दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शाह भ्रष्टाचारमा दोषी

0

१७ असार, काठमाडौं । सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो ।

अख्तियारले वैशाख, २०७३ मा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद साह र उनकी पत्नी शुसिला कुमारी साहलाई समेत दुई करोड ३८ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो ।

विशेष अदालतले पुस, २०७५ मा उनीहरूलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर्‍याएको थियो ।

उनले ६८ लाख २४ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।

उनी दुग्ध विकास संस्थानको विभिन्न आयोजना प्रमुख भई अन्तिममा काठमाडौंमा दुग्ध विकास संस्थानको प्रवन्धक बनेका थिए । सर्वोच्चले साढे सात वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो ।

संस्थानको टेक्निकल अफिसरदेखि प्रबन्धक पदमा रहदासम्म एक करोड ४४ लाख रुपैयाँ आर्जन गरेकोमा साहले तीन करोड ८३ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै अख्तियारले वैध आम्दानीको तुलनामा अस्वभाविक खर्च देखिएको दाबी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here